१८ मंसिर, काठमाडौं । कराँते खेलाडी अनुपमाले मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् ।
बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् ।
मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्याएको छ ।
अहिले १३ औं साग प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू जारी छन् ।