काठमाडौं–नेकपाको ‘कार्यकारी’अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाएपछिको पहिलो बैठक शुरु भएको छ ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको हो । बैठकमा प्रधानन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना, मंसिर १४ गते भएको उपनिवार्चनको मतपरिणामको समीक्षालगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा सहभागी छैन् । सचिवालय सदस्यहरू झलनाथ खनाल र ईश्वर पोखरेल पनि काठमाडौंबाहिर भएकाले अनुपस्थित छन् ।


जनता भ्वाइस 







