images
images

प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलन तथा टान्सप्लान्ट सेन्टरले आज(बुधवार) विहान १० बजे जारी गरेको विज्ञप्तिमा जनाइएको छ,प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मिति २०७६ ०८ १० गते मंगलबार शल्यक्रिया पश्चात यस सेन्टरमा उपचाररत रहनु भएको छ । सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल उहाँलाई चिकित्सकीय अवलोकनमा राखिएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसकेको अप्रेसनपछि उनी अस्पतालमा रहेका हुन् ।

सोमबार प्रधानमन्त्री केपी ओलीले अस्पतालबाट सम्बोधन गरेको एक भिडियो सार्वजनि भएको थियो ।