images
images

दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला हृयाण्डबल खेलमा नेपालले विजयी सुरुवात

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला हृयाण्डबल खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालास्थित हृयाण्डबल कोर्टमा भएको खेलमा नेपालले श्रीलंकालाई २९-१९ को फराकिलो अन्तरले पराजित गरेको हो ।

जितका लागि नेपालकी उमा राईले सर्वाधिक ८ गोल गरिन् । कविता राईले ६, निशा राई र कल्पना वलीले समान ४-४ गोल गरे ।

रञ्जना राईले २, बन्दना राई, शकुन्तला राई र रामकुमारी राईले समान १-१ गोल गरेका छन् ।