images
images

बुढीगण्डकी आयोजना प्रभावितको मुआब्जा निर्धारण

काठमाडौं, मंसिर १७:बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको मुआब्जा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले दुई हजार ८०० रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । मुआब्जा निर्धारण लामो समयदेखि हुन सकेको थिएन । तर आयोजना प्रभावितले भने मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । गोरखाको आरुघाट र आर्खेतमा स्थानीयले आनाकै २५ लाख रुपैयाँ मुआब्जा माग गर्दै आएका छन् । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार मुआब्जा निर्धारण गरिएको हो । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीले हालसम्म करिब २७ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । आयोजना प्रभावित गोरखाको आरुघाट र आर्खे बजार एवम् धादिङको खहरे बजारलगायत क्षेत्रको निर्धारण हुन बाँकी थियो । आयोजनाले मुआब्जा वितरणका लागि मात्रै चालु आर्थिक वर्षमा १४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।   गोरखाको आरुघाट र आरर्खेत बजार क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।।