मंग्लबार बिहान करिब ९ बजे सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोरखाबाट घापबाट काठमाडौं आएकी उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी सुर्य उपाध्यायले अनलाइनखबरलाई बताएअनुसार बुढाले सेतो रंगको बोरामा कालो रंगको वन्यजन्तुको सिंग जस्तो देखिने वस्तु बोकेकी थिइन् ।
विमानस्थलको फलामे गेट प्रहरी चेकिङ्ग एरियामा एक्सरे मेसिनमा स्क्रीनिङ गर्ने क्रममा वन्यजन्तुको सिंग फेला परेको उनले बताए ।
उनका अनुसार थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला वन कार्यालय, हात्तीसार पठाएको छ ।