images
images

अभिनेत्री ऋचा शर्माले लगनगाँठो कस्दै, सार्वजनिक गरिन् बिहेको मिति

काठमाडौं – नायिका ऋचा शर्माले बिहेको मिति सार्वजनिक गर्दै नोट शेयर गरेकी छिन् ।  उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी गराएकी छिन् ।

राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग ऋचा लामो समयदेखि प्रेममा थिइन् । यी दुईले आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न लागेका हुन् ।

शुरुमा प्रेमबारे नखुले पनि पछि भने ऋचाले यसै वर्ष बिहे गर्ने बताएकी थिइन् । उनले मंगलवार (आज) भने बिहेको मिति घोषणा गर्दै शुभेच्छुकलाई धन्यवाद र आफूहरुलाई बधाई दिएकी छिन् ।

केही समयअघि ऋचाले पोखरा पुगेर आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । उनको पार्टीमा केकी अधिकारी, प्रियंका कार्की लगायत सहभागी थिए ।

ऋचा पछिल्लो समय फिल्मबाट केही पर छिन् । उनी यतिबेला प्रसारण भइरहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिकामा छिन् । पछिल्लो समय उनी फिल्म निर्माणमा पनि सक्रिय छिन् ।