१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत श्रीलंकाविरुद्धको क्रिकेट म्याचमा नेपालका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले अर्द्धशतक प्रहार गरेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ऐरीको उत्कृष्ट प्रदर्शनको मद्दतमा सम्मानजनक स्कोरतर्फ लम्केको छ ।
दोस्रो ओभरमै कप्तान पारस खड्कालाई गुमाएर नेपाल दवावमा आएको थियो । अर्का ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल पनि १९ बलमा २० रन बनाउँदै आउट भएपछि चौंथो नम्बरमा आएका ऐरीले नेपालको पारी सम्हालेका थिए । ऐरीले ३४ बलमा अर्द्धशतक पुरा गरेका हुन् । १७ ओभरमा उनले श्रीलंकाका बलरलाई लगातार तीन चौका प्रहार गरेका छन् ।


जनता भ्वाइस 








