ह्याम्स अस्पतालले वरिष्ठ न्युरो सर्जन तथा न्युरोइन्टरभेन्सनल सर्जन डा.मनोज बोहराको टिमले नयाँ प्रविधिबाट एन्जुरिजमको उपचार गरिएको जनाएको छ । एन्जुरिजम मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो । जुन फुटेमा ब्रेन ह्यामरेज (मस्तिष्क घात) भएर बिरामी अशक्त हुने तथा ज्यानै जानसक्ने खतरा हुन्छ ।
डा.बोहराको भनाइअनुसार नेपालमा अत्यन्तै नौलो उपचार पद्धतीका रुपमा शुरु भएको न्यूरो इन्टरभेन्सनबाट मस्तिष्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोक (पक्षघात) को पनि उपचार गर्न सकिन्छ ।
स्ट्रोकको उपचारमा हात वा खुट्टाको रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मस्तिष्कमा बन्द भएको रक्तनलीमा पुर्याइन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने क्लटलाई बाहिर निकाली पुनः रक्तसञ्चार गरिन्छ ।