काठमाडौँ । लियोनेल मेसीले लिभरपुलका भिर्गिल भान डिक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
छैठौ पटक बेलुन डोअर अवार्ड जितेका छन् । योसँगै मेसी फुटबलको प्रतिष्ठित अवार्ड मध्यको एक मानिने बेलुन डोअर अवार्ड धेरै पटक जित्ने खेलाडी बनेका छन् ।
हिजोराती फ्रान्सको पेरिसमा आयोजित एक समारोहक बीच अवार्डको घोषणा गरिएको छ ।
मेसीले २०१६ सम्म फिफा र फ्रेन्च फुटबल मिलेर यो अवार्ड दिने गरिएको भएपनि २०१६ पछि भने फिफाले बर्ष खेलाडीको अवार्ड दिने गर्दछ भने फ्रेन्च फुटबलले बेलुन डोअर अलग्गै दिदै आएको छ ।
मेसीले यस अघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ मा यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले बेलुन डोअर अवार्ड पाँच पटक जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए ।


जनता भ्वाइस 







