काठमाडौं– सिम्रिक एयरले आफ्नो उडानमा दुईवटा नयाँ हेलिकोप्टर थप्ने तयारी पूरा गरेको छ । सिम्रिकले अमेरिकी निर्माता एयरबस हेलिकोप्टरले निमार्ण गरेको एएस ३५० बी को २ वटा हेलिकप्टर थप्न लागेको हो ।
सिम्रिक एयर र एयरबस हेलिकोप्टर कम्पनीबीच अमेरिकामा गत १२ साउनमा यससम्बन्धी सम्झौता भएको थियो । कम्पनीका अध्यक्ष रामेश्वर थापा र एयरबस प्रतिनिधीबीच दुईवटा हेलिकोप्टर थप्ने बारेको सम्झौता भएको थियो ।
सिम्रिक एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नयाँ हेलिकप्टरले सिम्रिक एयरको बजार विस्तारमा सहयोग गर्नुको साथै संचालन क्षमता समेत अभिवृद्धि गर्ने छ ।
हाल सिम्रिक एयरले ५ जहाज ताथ हेलिकप्टर संचालन गरिरहेको छ । नयाँ हेलिकोप्टर ल्याएसँगै सिम्रिकसँग जहाज र हेलिकोप्टरको संख्या ७ हुनेछ ।
सिम्रिकको हाल माउन्टेन फ्लाइट सहित पोखरा, भैरहवा, जोमसोम र लुक्लामा उडान भर्दै आएको छ । सिम्रिकको तीनवटा जेट स्ट्रिम जहाज ग्राउन्डेड भएपछि मर्मत गर्नु भन्दा नयाँ जहाज भित्राउन लागेको हो । आधुनिक जहाजहरु भित्रिएसंगै हवाई यात्रुले सस्तो दरमा यात्रा गर्न पाउने तथा भिजिट नेपाल २०२०पनि सहयोग पुग्ने म्रिक एयरले जनाकारी दिएको छ ।