कार्यक्रमको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापा र समापन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै मेयर थापाले अपाङ्गता मैत्री समाज निर्माणमा आफ्नो नगरपालिका प्रतिबद्ध रहेको बताए । मेयर चालिसेले आफ्नो क्षेत्रमा अपाङ्गतासँग नजिक रहेर काम गर्ने संघ-संस्थाहरु प्रशस्त भएकोमा आफूलाई गर्वसँगै जिम्मेवारीवोध पनि भएको बताए ।
वक्तृत्वकला प्रतियोगितामा बज्र इन्टरनेशनल कलेजकी मिनु तामाङ प्रथम भइन् । यस्तै, चामुण्डा माविकी रुपा पहाडी र आकासद्वीप विद्यालयका राम अधिकारीले क्रमशः द्वितीय र तृतीया स्थान हासिल गरेका थिए । विनसम इङ्लीस स्कुलका कविराज काफ्ले र भेनस पब्लिक स्कुलकी थोकर पेमा तामाङ्ले सान्त्वना पुरस्कार प्राप्त गरे ।
सो वक्तृत्वकलामा विजयी तथा सहभागी विद्यार्थी र विद्यालयलाई मेयर चालिसेले शिल्ड, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरेका थिए ।