पूर्वराजा शाहका प्रेस सल्लाहकार फणिराज पाठकका अनुसार एक साता लामो यसपटकको पश्चिम यात्रामा बुटवल, मर्चवार, पाल्पा, गोरुसिंगे, नवलपरासीलगायत भ्रमणको कार्यक्रम छ ।
त्यस क्षेत्रका जनतासँग भेटघाटसँगै प्रायः हरेक क्षेत्रमा देवीदेवता तथा मन्दिर दर्शनको कार्यक्रम रहेको पनि पाठकले बताए ।
पूर्व राजा शाहले सोमबार बुटवलमा शिवमन्दिर, पर्सी मर्चवारमा भगवती मन्दिरको दर्शन गर्नु हुने छ भने मंसिर २० गते शुक्रबार कपिलवस्तुको गोरुसिंगस्थित पशुपति मन्दिरको दर्शन गर्नु हुने जनाइएको छ ।
यस्तै उहाले शनिबार नवलपरासीमा भगवती मन्दिरमा दर्शन र गरेर २२ गते आइतबार राजधानी फर्कने कार्यक्रम तय भएको छ ।