images
images

साग खेलकुद–चन्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

काठमाडौं – १३ सागमा नेपालले पहिलो पदक हात पारेको छ । नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई पहिलो पदक दिलाएकी हुन् ।

सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् ।

चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् । त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन् ।

सोमबार विहान भएको खेलमा भुटान र बंगलादेशका खेलाडीलाई हराउँदै नेपालकी चञ्चला दनुवारले रजत पदक पक्का गरेकी हुन् । दनुवारले २४.२ प्वइन्ट ल्याउँदै जित हासिल गरेकी हुन् ।

यसैगरी बंगलादेशकी छुमारा अख्तर ले २१.६ प्वइन्ट र भुटानकी सोना ल्हामुले २०.४२ प्वइन्ट प्राप्त गरे । स्वर्ण पदकका लागि नेपालले पाकिस्तानसँग खेल्दै छ ।