मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जातीय विभेदलगायत सबै खाले सामाजिक विभेद अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जिकिर पनि गरे । ‘कुराले मात्रै सामाजिक विभेद अन्त्य हुने होइन,’ प्रदेश सरकार सबैखाले सामाजिक विभेद अन्त्यका लागि व्यावहारिकरुपमै लागेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘आवश्यक बजेटसहित ठोस कार्यक्रम प्रदेश सरकारले अगाडि बढाएको छ ।’
मुख्यमन्त्री शाहीले प्रदेश सरकार गम्भीरतापूर्वक सामाजिक विभेद अन्त्यको अभियानमा लागेको बताउँदै सहकार्यको लागि सबै सामाजिक सङ्घ संस्थालाई आग्रह गरे ।