साझा पार्टीकी रजनी केसीले ९० मत पाएकी छन् । उनी पाँचौं स्थानमा छिन् ।
विवेकशील नेपाली दलकी जमुना शर्माले मात्र १० मत पाएकी छन् । उनलाई स्वतन्त्र उम्मेदवार कमलजंग कुँवरले जितेका छन् । उनको २५ मत छ ।
चुनावी परिणामप्रति के भन्छन् ?
साझा पार्टीका प्रवक्ता सूर्यराज अचार्यले कास्की २ मा अपेक्षाअनुसार मत नआएको स्वीकार गरे । आफूहरु राजनीतिक रोग मुक्त गर्न भनेर राजनीतिमा आएको भन्दै उनले भने, ‘त्यो कति जटिल रहेछ भन्ने यो निर्वाचनले देखाउँछ ।’
विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले कास्की २ मा आफ्नो पार्टीको अपेक्षाअनुसार मत नआएको बताए । ‘योभन्दा हाम्रो अपेक्षा बढी नै थियो । तर त्यसअनुसार मत आएन,’ उनले भने ।
स्रोतकाअनुसार आन्तरिक बैठकहरुमा नेताहरुले ५ सय कट्ने अनुमान गरेका थिए । कास्कीको चुनावले पार्टी फुटबाट नराम्रो सन्देश गएको पुष्टि गरेको विवेकशीलका नेताहरुले बताएका छन् । पार्टी दर्ता नगरेका कारण जमुनाले स्वतन्त्र उम्मेदवार बन्नु र उम्मेदवार नयाँ अनुहार हुँदा पनि प्रभाव परेको बताए ।


जनता भ्वाइस 







