कञ्चनपुर मंसिर १४,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनीयर त्रिलोक जोशीले सेवाग्राहीसँग दुई लाख पचास हजार घुस रकम सहित निजको कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । घटना सम्वन्धमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।