काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ को बैंक अफ दि इयरबाट सम्मानित भएको छ । वेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका दि बैंकरले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित बैंक अफ दि इयर नेपालबाट मेगालाई सम्मान गरेको हो ।
लण्डनमा बिहीबार साँझ आयोजित एक समारोहबीच मेगाका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले सम्मान ग्रहण गरेका छन् ।
दि बैंकरले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षै पिच्छे सम्मानित गर्दै आएको छ ।
मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुसरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो ।
मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटीएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २ हजार ५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधि छन् ।


जनता भ्वाइस 








