काठमाडौं । ग्लोवल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटीएम सेवा सुरु गरेको छ । एटीएम सेवाको उद्घाटन् महानगरपालिकाका मेयर भीम पराजुलीले गरे ।
बैंकले महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरी एटीएम सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । नयाँ एटीएम सेवा थप भएसंगै ग्लोवलको एटीएम संख्या १५१ पुगेको छ ।
बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १९५ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत ११ लाख भन्दा बढीग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ