पोखरा । नेपालमा अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइटि एण्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हो ।
यसलाई नेपालका विभिन्न स्कुल तथा कलेजहरुको पाठ्क्रममा समावेश गर्ने ग तयारी भइरहेको डिजी स्कुल नेपालका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले बताए न् । पोखरामा विभिन्न बोर्डिङ स्कुलका संस्थापक एवं प्राचार्यहरुबीच भएको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । छलफलमा एनसिसी एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी स्कुल’को बारेमा जानकारी गराएका थिऐ ।
नोर्टनका अनुसार डिजी स्कुल सञ्चालन गर्न चाहने स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरी अध्यापन सुरू गर्न सक्छन् । अनलाइन र अफलाइन दुवै प्रणालीबाट गर्न सकिने कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आफ्नो लग इन हुने भएकाले उनीहरूको प्रगती विवरण चाहेको बेला सजिलै हेर्न सक्छन् ।
कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’ सुरू भएपछि नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा अध्यापन पाइने भएको डिजी स्कुलका क्षेत्रीय निर्देशक ओम उपाध्यायले बताए ।