images
images

गुल्मीमा २६ किलो चरेससहित एकजना पक्राउ

गुल्मी ।
ठुलो परिमाणमा लागुऔषध चरेससहित गुल्मीमा एक जना पक्राउ परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर १ अग्लुङ फेदीबाट २६ किलो चरेससहित प्युठानको गौमुखी गाउँपालिका वडानम्बर ३ रजवाराका ३३ वर्षीय बालाराम पुन पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।
पक्राउ परेका पुनलाई लागुऔषध ओसारपोसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले प्युठानबाट गुल्मीतर्फ ल्याउँदै गरेको अवस्थामा बिशेष सुराकीको आधारमा पुनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।