त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति साढे १० बजे ८ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ परेका हुन्। महानगरीय प्रहरीका अनुसार हङकङबाट आएको नेपाल एयरलायन्सको आरए ४१० नम्बरको फ्लाइटमार्फत नेपाल आउँदै गर्दा उनीहरुलाई भन्सारको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पासवर्ड नम्बर इएच ६५९६६३७ नम्बरका चीन्को फुजिनका चेन होङयाङ र इए ५८०७५९८ नम्बर भएका चेन इङचुहाङ छन्। सनम शाक्यको हत्या हुने गरी भएको साढे ३३ किलो सुन तस्करी काण्डपछि विमानस्थलबाट हुने सुन तस्करी केही समय रोकिएको थियो।
ठूलो परिणामा सुन बरामद भएपछि सुन तस्करहरु सल्बलाउन थालेको संकेत देखिएको छ ।