गएराति नियमित जाँचका क्रममा शंका लागेपछि खानतलासी गर्दा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालले अनलाइनखबरलाई बताए ।
उनका अनुसार पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।
उनीहरुलाई राति नै थुनुवा पूर्जी दिएर महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।
समस्या दोभाषेको
अधिकृतहरुका अनुसार पक्राउ परेका चिनियाँ नागरिक भरिया मात्र हुनसक्ने आशंका गरिएको छ । सुनको मालिक को हुन् भन्ने विषयमा शुक्रबार दिउँसोबाट अनुसन्धान थालिने स्रोतको भनाइ छ ।
भाषाका कारण बयानका लागि समस्या भएकाले अनुसन्धानमा ढिलाइ भएको हो । ‘दोभाषे बोलाएका छौं । दिउँसोबाट बयान सुरु हुन्छ’, एक अधिकारीले अनलाइनखबरसँग भने ।
ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिरफ्तारीसँगै विमानस्थलमा तस्करको र्याकेट ध्वस्त भएको सरकारले दाबी गरेको थियो । तर, अझै समय-समयमा सुन बरामद हुँदै आएको छ ।
भन्सार प्रमुख ढकाल भने अहिले भन्सारमा सुनको हकमा निकै कडाइ गरिएको बताए । उनले भने, ‘अहिले सुनको विषयमा भन्सार गर्व गर्नलायक बनेको छ । जाँचमा कडाइ भएकै कारण तस्करको प्रयास विफल हुँदै आएको छ ।’


जनता भ्वाइस 








