निजी क्षेत्रका निर्माण कम्पनीलाई इमल्सनको आवश्यकता र औचित्य पुष्टि भएपछि रक्षा, गृह मन्त्रालय तथा सेनाको स्वीकृति लिएर मात्र यहाँ उत्पादन भएका इमल्सन दिइने गरिन्छ । निगरानी गर्न सेनाका दक्ष प्राविधिक आफैं परिचालन हुने गर्दछन् । प्लान्टमा हाल ३० दक्ष प्राविधिक कार्यरत छन् । कार्यक्रममा बलाध्यक्षरथी गौरव तण्डुलले विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बनेको जानकारी दिए ।
कार्यक्रममा सहभागी जलविद्युत् व्यवसायी भीम घिमिरेले नेपाली सेनाले उत्पादन गरेको विष्फोटन पदार्थ महङ्गो तथा कम गुणस्तरसमेत भएको बताए । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष कुमार पाण्डेले नेपाली सेनाको विष्फोटन पदार्थ खरीद गर्न झन्झटिलो प्रक्रिया रहेको हुँदा सहजीकरण गर्न माग गरे ।
आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाइने गरिन्छ । प्राविधि सहायक रथी थापाका अनुसार इमल्सनको निर्माण गर्ने प्रक्रिया ‘वाटर मिक्स’ र ‘वोइल मिक्स’ गरी दुई तहमा हुने गर्दछ ।
पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ । दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुको समिश्रण हुन्छ, त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ । सेमी लिक्विडलाई प्याकेजिङ गरिन्छ । यो नै विष्फोटक पदार्थ हो । विश्वमा यही प्रविधिबाट विष्फोटन पदार्थको उत्पादन हुने गर्दछ । हाइड्रोलिकमा राखेर यसलाई प्याकिङ गर्ने गरिन्छ । एउटा बक्समा २५ किलो विष्फोटक पदार्थ राखिन्छ । त्यसमा १९० विष्फोटक पदार्थ हुन्छ । ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विष्फोटक पदार्थ विस्फोट हुने गर्दछ ।
हाल प्लान्टमा २५ एमएम र ३२ एमएमका गरी दुई किसिमको इमल्सन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । यसको क्षमताको आधारमा वर्गीकरण गरिएको बताइन्छ । इमल्सनका लागि आवश्यक कच्चा पदार्थ चीन तथा भारतबाट आयत हुने गर्दछ । विष्फोटन पदार्थ बिक्री वितरणमा सहजता ल्याउन सेनाले बजार व्यवस्थापन समितिसमेत खडा गरेको छ । नीति तथा योजना निर्देशनालयअन्तर्गत रहेको सो समितिले विष्फोटक पदार्थ प्राप्ति र वितरणमा सहजता ल्याउने कार्यक्रममा जानकारी दिइयो ।