images
images

बुटवललाई सडक मानवमुक्त नगर घोषणा गर्ने तयारी

बुटवल मंसिर,११ बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गर्नका लागि सडकमा भेटिने त्यस्ता व्यक्तिको उद्धार गर्ने कामलाई तीव्र बनाइएको छ ।

बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रममै बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने योजना बनाइएको थियो । सडक पेटी, पौवा, गुम्बाहरूमा बेवारिसे बस्दै आएका र बाटोमा भेटिनेहरुलाई मानव सेवा आश्रम बुटवलमा राख्ने काम भैरहेको छ । उनीहरुलाई दिउँसो भन्दा रातिमा उद्धार गरिएको हो ।

प्रदेश ५ सरकारले समेत प्रदेशमा सडक मानवमुक्त अभियान चलाइरहेको बेला बुटवललाई सडक मानवमुक्त नगर घोषणा गर्ने तयारी गरिएको छ ।

 ।रातको समयमा सडकपेटी, चौपारीमा रहेका बेसहारा एवम् घरबारविहीनलाई अहिले उद्धार र गर्ने काम गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।मानव सेवा आश्रम बुटवलको सहयोगमा बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गर्न लागिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, वडा प्रहरी कार्यालय बुटवल, मानव सेवा आश्रम बुटवलको संयुक्त पहलमा उनीहरूलाई दैनिकरुपमा उद्धार गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बुटवललाई छिट्टै सडक मानवमुक्त नगर घोषणा गर्ने गरी अहिले काम भइरहेको बताए । रात्रिकालीन सडक सेवाअन्तर्गत ३ दिनको अवभिमा ४० जनाको उद्धार गरिएको छ ।

मानव सेवा आश्रम प्रदेश ५ की संयोजक सुशीला केसी (रूपा)ले बुटवललाई सडक मानवमुक्त नगर घोषणा गरेपछि लुम्बिनी क्षेत्रमा माग्न निषेध गरिने बताइन् ।