यसअघि कोषले ब्याट्रीबाट नै चल्ने दुई वटा गाडी प्रयोग गर्दै आएको थियो । ती गाडीहरु लक्ष्मी बैंकले सहयोग गरेको थियो । इण्डियन वमन्स एसोसियसनले पनि सहयोग गरेपछि पशुपति क्षेत्रमा ब्याट्रीबाट चल्ने गाडीहरुको संख्या अब चार पुगेको छ ।
इलेक्ट्रिक भ्यानहरु पशुपति दर्शन गर्न आउने अशक्त तथा जेष्ठ नागरिकहरुले निशुल्क प्रयोग गर्न पाउँछन् । ‘अशक्त र जेष्ठ नागरिकहरुले पार्किङस्थलदेखि पशुपति मन्दिरको दक्षिण गेटसम्म ती गाडीहरु निःशुल्क प्रयोग गर्न पाउँछन्,’ सदस्य सचिव डा. ढकालले भने ।
गाडी नहुँदासम्म अशक्त र जेष्ठ नागरिकहरुलाई ह्वीलचेयरको व्यवस्था थियो । तर, ह्वीलचेयरबाट मात्र सम्भव नभएपछि गाडी नै चलाउन थालिएको हो ।
ब्याट्रीबाट चल्ने साना गाडीहरु अरु पनि थप्ने योजना रहेको कोषका सदस्य सचिव ढकालले बताए । ‘यस्ता गाडीहरु अरु पनि थप्ने योजना छ । कोष आफैंले किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ,’ सदस्य सचिव ढकालले भने ।
विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा ठूला गाडीहरु र मोटरसाइकल भने प्रवेश निषेध छ ।


जनता भ्वाइस 








