नेपाल आउने पर्यटकलाई मिठो बोल्दै स्वागत गर्ने, उनीहरुलाई सहजिकरण गर्ने काम विद्यार्थिले गर्नुपर्ने छ । त्यसका लागि खटिने विद्यार्थीलाई दैनिक खाजा खर्चको व्यवस्था गरिने छ । अहिले विमानस्थलमा खटिने विद्यार्थीहरुलाई पर्यटकसमक्ष गर्ने व्यवहारबारे जानकारी गराउन तालिम दिने काम भइरहेको छ ।
त्रिभुवन विमानस्थलमा कर्मचारी झर्कने, पर्यटकलाई वास्ता नगर्ने गुनासो आउने गर्छ । खासगरी अति भीड हुने समयमा कर्मचारीले व्यवस्थापनमा ध्यान दिन पनि सक्दैनन् । अब यसमा विद्यार्थीले सहयोग गर्ने भएका छन् ।