images
images

दार्चुलाबाट विप्लवका ६ कार्यकर्ता पक्राउ

दार्चुला ।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहका ६ जना कार्यकर्ता पक्राउ परेका छन्। विषेश सूचनाका आधारमा उनीहरुलाई मंगलबार बिहान सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए। पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका ३ का २२ वर्षीय ललित सार्की, डडेल्धुराकै पर्शुराम नगरपालिका ५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका ४ का २९ वर्षीय तिलक कुँवर, दार्चुलाको मार्मा गाउँपालिका ४ का १९ वर्षीय धनसिंह धामी, बझाङको खप्तड छन्‍ना गाउँपालिका ८ का २५ वर्षीय शुभाष जोशी र बाजुराको बूढीगंगा नगरपालिका १० का २१ वर्षीय दीपक रावत रहेक छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले बसपार्क क्षेत्र, महेन्द्र नमुना मावि र बीच बजारबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका विप्लवका कार्यकर्ताको साथबाट प्रहरीले भारतीय बिस्तारवाद मुर्दावाद (वी नेपाल), नरेन्द्र मोदी मुर्दावाद, कालापानी हाम्रो हो, लेखेका कागज र क्रान्तिकारी विद्यार्थीको झण्डा बरामद भएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।