मंसिर १०,ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालका डाक्टर रोहित कुमार झालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महिलालाई चेकजाँच गर्ने क्रममा उनले कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख छ।
डा.झाले कोठा भित्र बोलाई चुकुल लगाएर महिलालाई जाच्ने बहाना बनाई विस्तारै गोप्य अंगमा हात लगी बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ । पिडित महिलाले सोमबार प्रहरीमा लिखित जाहेरी दिए संग प्रहरीले डा.झालाई नियन्त्रणमा लिई हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।