images
images

सुन सहित दुई जना पक्राउ

रसुवा,मंसिर ९, गोसाईकुंण्ड गाउँपालिका-२ रसुवागढीस्थित नेपाल-चीन सिमानाबाट ७ सय ४२ ग्राम सुन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोसाईकुंण्ड गाउँपालिका-१ थुमन बस्ने  छो माया तामाङ र सोही ठाउँ बस्ने म माया तामाङ रहेका छन् । सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा ६ वटा टुक्रामा रहेको उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो ।