images
images

नापी कार्यालय साँखुमा कार्यरत अमिन घुस सहित पक्राउ

काठमाण्डौ । नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकीले सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत घुस चार हजार  लिने दिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट  गएको टोलीले उक्त रकमसहित दुवैलाई कार्यालय अगाडि रहेको किराना पसलको छेउको गल्लीबाट नियन्त्रणमा लिएको हो ।