images
images

नालीमा खस्दा कपिलवस्तुमा डेढ बर्षिया बालिकाको मृत्यु

मंसिर ९, कपिलवस्तुको यशोधरा गाउपालिका– ३ बसन्तपुरमा सोमवार दिउसो २ बजेतिर नालीमा डुबेर ढेड बर्षिया बालिको मृत्यु भएको छ । घर नजिकै रहेको नालीमा खसे पछि झब्बर तिवारीकी डेढ बर्षिया छोरी सझनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए । संझना नालीमा मृत अवस्थामा फेला परेकी थिईन । उनको शवलाई परिक्षणकालागि कपिलवसतु अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक मल्ले बताए ।