images
images

अब कानुन पढ्न पनि कोटा

काठमाडौंको प्रदर्शनमार्गस्थित नेपाल ल क्याम्पसले अबदेखि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना लिने भएको छ।

गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएपछि यसपटक कोटा निर्धारण गरिएको हो।

ल क्याम्पसले तीन सय जना विद्यार्थी मात्रै भर्ना लिने भएको छ। क्याम्पसले सोमबार सूचना निकालेर डिन कार्यालयको पत्रअनुसार तीन सय जना मात्रै भर्ना लिने उल्लेख गरेको छ।

तीन वर्षे एलएलबी पढ्न भर्ना हुनका लागि पनि प्रवेश परीक्षा पास गर्नुपर्ने नियम बनाइएको छ।

शैक्षिक सत्र २०७५/०७६ को एलएलबी पहिलो वर्षमा भर्ना हुन चाहने विद्यार्थीले मंसिर १० (मंगलबार) देखि मंसिर २५ गतेसम्म क्याम्पसले उपलब्ध गराएको आवेदन फारम भरिसक्नुपर्नेछ,’ क्याम्पसले निकालेको सूचनामा भनिएको छ।

फारम क्याम्पस परिसरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेभित्र भर्न सकिनेछ।

यसअघि क्याम्पसले गत चैत २८ मा निकालेको सूचनाअनुसार फारम भरिसकेकाहरूले पुन: फारम भर्न नपर्ने क्याम्पसले जनाएको छ।

प्रवेश परीक्षा कहिले गर्ने अहिले तोकिसकिएको छैन।