गत असार र साउनदेखि दुई बालक सुधार गृहमा थिए । भागेकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
९ मंसिर, विराटनगर । बलात्कार र ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि बाल सुधार गृह विराटनगर चलान भएका दुई बालक भागेका छन् । सोमबार बिहान सुधार गृहको दोस्रो तलामा रहेको झ्याल फुटाएर १६ र १७ वर्षीय दुई बालक भागेका हुन् ।
ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि सुधार गृहमा रहेका १६ र १७ वर्षीय बालक बिहान करिब ४ बजे सुधार गृहको दोस्रो तलामा रहेको झ्याल फुटाएर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।