images
images

पोखराका वडाअध्यक्षको घरमा सोमबार बिहानै बम बिस्फोट, विप्लवमाथि आशंका

पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको छ ।बम बिस्फोटका कारण बिरौटा स्थित उनको घरमा पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ ।

घटना बिहान २ बजेर १५ मा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।

घटनामा नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा जिम्मेवार हुनसक्ने आशंका गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।