सबैभन्दा बढी पर्यटक पुग्ने सगरमाथामा भने आरोहण प्रारम्भ भएयता ५ हजार ८ सय ६४ जना आरोही चुचुरोमा पुगिसकेका छन् ।
समस्या पूर्वाधारको
नेपालमा हिमाल आरोहणका लागि सगरमाथामा अधिक भीड लाग्छ । खासगरी वसन्त ऋतुको आरोहण सिजनमा यहाँ भीडभाड बढी हुन्छ । तर, धेरै हिमाल अहिले पनि पर्यटकको पखाइमा छन् ।
हालै मनास्लु हिमालमा सम्पर्क अधिकृतका रूपमा पुगेर फर्किएका एक कर्मचारी गुनासो गर्छन्, ‘जोखिमपूर्ण उचाइमा जानुपर्ने पर्यटक, सहयोगी, भरियालाई सगरमाथा आधार शिविरबाहेक अन्य हिमालमा आधारभूत तहको सुविधासमेत छैन ।’ बढी चलेकाबाहेक अन्य हिमाललाई सरकार र व्यवसायी दुवैले प्राथमिकतामा नराख्दा हिमालह ओझेलमा परेको उनको अनुभव छ ।
महानिर्देशक घिमिरे भने न्यूनतम रूट निर्धारण भएका र आवश्यक परेको बेला सबै सुविधा दिन सकिने सम्भावना रहेका हिमाललाई आरोहणमा खुला गरिएको बताउँछन् । ‘सगरमाथामा जस्तै सुविधा त पुर्याउन नसकिएला,’ उनले भने, ‘तर, पर्यटक जाने हो भने सबै हिमालमा त्यही अनुसार सुविधा विस्तार हुन्छ ।’
हिमाल आरोहणमा पर्यटकलाई प्रोत्साहित गर्न थप हिमाल नेपाल पर्वतारोहण संघको जिम्मामा दिन लागिएको छ । अहिले करिब दुई दर्जन हिमालको प्रवद्र्धन संघमार्फत हुँदै आएको छ ।
सरकारले भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न विभिन्न निकायबाट दिन सकिने छुट तथा सुविधाको सूची माग गरेको थियो । सोहीअनुसार विभागले उक्त सिफारिस गरेको हो ।
हिमाल आरोहणमा साहसिक पर्यटकका लागि केही नयाँपन दिनेगरी छुट घोषणाको तयारी गरिएको छ । पछिल्लो समय पर्यटनसँग सम्बद्ध विभिन्न निकायले भ्रमण वर्षलक्षित कार्यक्रम सार्वजनिक गर्न थालिसकेका छन् ।


जनता भ्वाइस 








