उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालय र उपभोक्ताको गरी १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको हो । ट्री–हाउस अवलोकनबाट लिइएको शुल्क झण्डै २ लाख रुपैयाँ पुगिसकेको छ । संकलित रकम कोषमा जम्मा गर्ने र अन्य पर्यटकीय संरचना निर्माण गरिने आयोजकले जनाएको छन् ।
उनायचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । प्राविधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ । विमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन् ।
ट्री–हाउसको अवलोकन गर्दै मन्त्री गिरीले प्रदेश ५ कृषि र पर्यटनबाट समृद्ध बन्ने बताए । पर्यटन क्षेत्रको विकास गर्न यसक्षेत्रका पर्यटकीय क्षेत्रको बृहत्तर विकास गर्ने बताए ।