चितवन, मंसिर ८: आन्दोलनरत विद्यार्थीहरु चितवन मेडिकल कलेजको होस्टेलबाट बाहिरिएका छन्।
होस्टेलमा रहेका करिब ३ सय भन्दा विद्यार्थीहरु शनिबार राति ९ बजे एकैसाथ बाहिरिएका हुन्।
होस्टेललाई दिउँसोदेखि नै प्रहरीको टोलीले घेरेपछि असुरक्षा भएको भन्दै सबैजना बाहिरिएको विद्यार्थी हिमराज बुढाथोकीले जानकारी दिए।
उनीहरु भरतपुरका विभिन्न होटलमा बस्न गएका छन्। होस्टेल परिसरमा पेस्तोल फेला परेपछि प्रहरीले होस्टेल भित्र खानतलासी प्रयास गरेको थियो।
विद्यार्थीहरुले करिव २ घण्टासम्म नारावाजी गर्दै होस्टेल भित्र प्रहरी प्रवेश रोकेका थिए। गोलीसहितको पेस्तोल फेला परेको प्रहरीले दाबी गरेको छ।
उता विद्यार्थीहरुले भने जायज मागसहितको आन्दोलन दबाउन सिएमसी र प्रहरीले षड्यन्त्र रचेको आरोप लगाएका छन्।