काठमाण्डौ । परिवर्तित नाम जावलाखेल (१५) लाई निर्मला शर्मा र मिना रिमाल खत्री समेतले मंसिर ५ गते जिल्ला काठमाण्डौ सिनामंगलको कन्सलटेन्सीमा जागिर लगाई दिने र सोका लागि अन्तर्वार्ता लिने बाहान बनाई निर्मला शर्मा र मिना रिमाल खत्रीले आफ्नो साथी रोहित प्रसाद ढुंगानासंग पिडितको चिनजान गराई बानेश्वर खाजा पसलवाट पिडितलाई कोठा पुर्याई दिने बाहानमा ट्याक्सीमा राखी कोठामा नलगी ललितपुर गोदावरीमा रहेको रिसोर्टमा लगि रोहित प्रसाद ढुंगानाले जवरजस्ती करणी गर्न खोज्दा पिडितले प्रतिकार गरी उम्कन सफल भई रिसोर्ट स्टाफको सहयोगमा आफन्तको सम्पर्कमा पुगेको ।
घटनामा संलग्न रोहित प्रसाद ढुंगाना,निर्मला शर्मा र मिना रिमाल खत्रीलाई पक्राउ अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्र.ना.उ.सन्तोष तामाङले जानकारी गराए ।