काठमाडौं । महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चालनमा रहेका बालगृहलाई सुधार गर्न नयाँ कार्यविधि बनाउने बताएका छन् ।
शुक्रबार मन्त्रालयमै गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रका ३८ जना बालबालिकाहरुसँग भेट्दै मन्त्री गुरुङले नयाँ कार्यविधि अनुसार सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘सडकमा अलपत्र परेका बालबालिकाहरुको संरक्षण गर्ने जिम्मेवारी सरकारको हो,’ मन्त्री गुरुङले भने ‘अव सडकमा बसेर मागेर पेट पाल्नु पर्दैन ।’ नेपालमा धेरै बालगृहहरु आफुखुसी सञ्चालन हुदा बालबालिकाहरुले अनावश्यक दुख पाएको उनको भनाइ छ