images
images

सार्वजनिक खरिद अनुगमन संसाेधन गर्न निर्माण व्यवसायीकाे ज्ञापन पत्र

काठमाडाैं । निर्माण व्यवसायीहरुले काठमाडौंको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमनको कार्यालयमा  ज्ञापन पत्र बुझाएका छन् । सार्वजनिक खरिद ऐन निर्माण मैत्री बनाउन माग गर्दै आज उनिहरुले कार्यालयका सचिव माेहन कृषणा सापकाेटालाइ ज्ञापन पत्र बुझाएका हुन् ।

सार्वजनिक खरिद नियमावली–२०७६ मा गरिएको निर्माण कम्पनीहरुको म्याद थप र बैंक क्रेडिट लाईनसम्बन्धि व्यवस्था तत्काल संशोधन गर्नुपर्ने उनिहरको माग छ । व्यवसायीहरुले अनुगमन कार्यालयका सचिव मोहन कृष्ण सापकोटालाई भेटी सरकारसँग सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

अवरुद्ध रहेको विकास, निर्माणको कामलाई पुन सञ्चालन हुने गरी अनुगमन कार्यालयका सचिव सापकोटालाई ज्ञापन पत्र बुझाइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।