काठमाडाैँ । प्रभु बैंक पनि मर्जर प्रकृयामा जाने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जान दवाव दिएसँगै प्रभु बैंकले कुनै राष्ट्रिय स्तरको विकाश बैंक प्राप्ति गर्ने प्रकृया अघि बढाउन लागेको हो ।
आज बसेको बैंकको १८ औँ साधारणसभाले त्यसको लागि स्विकृति दिने तयारी छ । सधारणसभाले गत वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव पनि पारित गर्ने छ । प्रभुले १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश दिन लागेको हो ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्ने बैंकले जनाएको छ ।