कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’को गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढी अञ्चलपूर स्थित नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एन १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन पेस्तोल २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र बिस्फोटक सामग्री बरामद गरेको हो ।