images
images

वसन्तपुरको ग्यास स्टोरमा आगलागी

काठमाडौंको वसन्तपुरस्थित याट्खा टोलमा रहेको एक ग्यास स्टोरमा आगलागी भएको छ । आगलागीबाट स्टोर रहेको चारतले घर पूर्ण रुपमा जलेको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले आगो निभाइरहेको घटनास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन् ।

आगलागीमा करिब १० वटा ग्यास सिलिन्डर पड्किएको बताइएको छ । यकिन क्षति भने अहिले अनुमान गर्न नसकिने प्रहरीले बताएको छ ।