images
images

रेशम चौधरी प्रकरणमा सांसद त्रिपाठीको टिप्पणी– अदालतले फैसला गर्दोरहेछ, न्याय होइन

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले रेशम चौधरीको बारेमा संसदमा टिप्पणी गर्दैै अदालतले न्याय दिने होइन, फैसला गर्ने बताएका छन् । कैलाली जिल्ला अदालतको फैसलाको बारेमा टिप्पणी गर्दै उनले भने, ‘‘आज एक जना पूर्व प्रधानन्यायाधीशसँग कुरा भएको थियो ।

उहाँले नेपालको अदालतले फैसलामात्रै गर्छ, न्याय हुँदैन भन्नु भएको थियो । फैसला मात्रै हुने रहेछ, न्याय नहुने रहेछ । ’’ अनुदानको रकम उखु किसानसम्म नपुगेको उनले बताए । यसमा सरकारले पहल गरोस् भन्ने माग उनले गरेका छन् । 

कृषि उत्पादनको मूल्यांकन सम्बन्धी कृषि उपज मूल्य निर्धारण आयोग बनाओस् र त्यसमा सरकारले समर्थन गरोस् भनिएकोमा त्यसमा कृषि मन्त्रीले वास्ता नगरेको आरोप लगाए । सरकारले उचित ढंगले उचित जवाफ नदिएकोमा आपत्ति जनाए ।