images
images

करोडौँ खर्चेर किम जोङले पनि राखे पिता र हजुरबाकाे लाश !

एजेन्सी । कम्युनिष्ट अधिनायकवादी शासन भएका देशमा अाफ्नाे नेताहरुाे लास सुरक्षित राख्ने प्रचलन देखिन्छ । रुसमा लेनिनकाे शव करिब ९४ वर्षदेखि सुरक्षित राखिएकाे छ । लेनिन ल्याबमा उनकाे लाश राखिएकाे छ ।

यता उत्तर कोरियाली शासक किम जोङ उनले पनि आफ्ना हजुरबुबा र बुबाको लाश अझै सुरक्षित राखेका छन् । उनले वार्षिक रु २.२५ करोडभन्दा बढी खर्च गरेर ती लाशहरुलाई ताजा रूपमा राख्दै आएका छन् ।

किम जोंग ने पिता और दादा की लाशों को आज भी रखा है संभाल कर, हर साल खर्च करता है 1.41 करोड़

किमले बुबा र हजुरबुबा दुवैको लाश सुरक्षित राखेकाे कुमसुसन मेमोरियल प्यालेसमा सयौँ सैनिकहरुले सुरक्षा दिने गरेका छन् । किम जोंगका बुबा र हजुरबुबाको शवको संरक्षण गर्ने काम लेनिन ल्याबका कर्मचारीले गर्ने गरेका छन् ।

लेलिन ल्याबका वैज्ञानिक कर्मचारी आएर प्रत्येक वर्ष इम्बलमिंग गरेर लाशलाई सुरक्षित राख्ने गरेका हुन् । इम्बलमिंग एक किसिमको ट्रिटमेन्ट हो, जसले मृत शरीरहरुलाई सड्नबाट रोकेर ताजा बनाएर राख्ने गर्छ ।

kumsusan palace of the sun

लेनिन ल्याब एवं अमेरिकाको क्यालिफोर्नियाका सामाजिक अर्थशास्त्रका प्रोफेसर एलेक्सई यर्चकका अनुसार शवलाई प्रत्येक डेढ या दुई वर्षमा इम्बलमिंग गर्नुपर्छ र यसो गर्दा २ महिना या बढी लाग्न सक्ने हुन्छ ।

उता रुसी नेता लेलिनको शवलाई लेनिन ल्याबमै इम्बलमिंग गरिन्छ । तर किम जोंगका बुबा र हजुरबुबाको शवलाई भने कोरियाकै प्योङयांग, प्योगानमा बनेको ल्याबमा इम्बलमिंग गरिन्छ । यो प्यालेसमा जानेमान्छेले शवलई तीनपटकसम्म ढोग्नुपर्छ ।

२०१६ मा किमले पहिलोपटक दुवै शव करिब २ करोड डलेर खर्चेर इम्बल्मिंग गरेका थिए । लेनिन ल्याबका वैज्ञानिकले सन् १९२४ मा तत्कालिन सोवियत संघका लिडर भ्लादिमीर लेनिनको शव 
इम्बलमिंग गरेका थिए ।

लेनिनकाे शव महंगाे

लेनिनको शव सुरक्षित राख्न करिब २२ करोड नेपाली रुपैयाँभन्दा बढी खर्च हुने गर्छ । लेनिनको शव लगभग ९४ वर्षदेखि रसियाको लेनिन ल्याबमा सुरक्षित रुपमा राखिएको अधिकारी बताउँछन् ।

It’s thought to cost the Russian state 13 million roubles per year to maintain Lenin’s body.

१९२४ मा लेनिनको निधन हुँदा कसैले उनको शवलाई राख्ने सोचेका थिएनन् । तर एलेक्सी एर्बिकोसोभले शवलाई कसैले एम्बेल्म गर्न सक्ने कुरा निकालेको अमेरिकाको क्यालिफोर्नियाका सामाजिक अर्थशास्त्रका प्रोफेसर एलेक्सई यर्चकले भनेका छन् ।

This image has an empty alt attribute; its file name is leninn-768x515.jpg
lenin Mausoleum

लेनिनको शव सुरुमा ओटोप्सी गरिएको थियो, जसका कारण तत्काल डिकम्पोज हुनबाट जोगिएको थियो । पछि गएर उनको शवलाई इम्बलमिंग गरिएको थियो । त्यसको ५६ दिनपछि सोभियतले शवलाई परमानेन्टली सुरक्षित रूपमा राख्ने तयारी गरेको थियो ।

Russians lay flowers at Lenin’s mausoleum in Moscow’s Red Square.

त्यसपछि त्यहाँका दुई होनहार क्यामिस्ट व्लादिमीर वोरोबोव र बोरिस जेब्रास्कीले शवलाई इम्बलमिंग गर्ने कुरा अघि बढाएका थिए । उचित केमिकलको प्रयोग गर्दै छालाको रंगसमेत परिवर्तन गरेर केही महिनापछिको प्रयासमा पहिलो इम्बलमिंग सफल भएकोे थियो । त्यसपछि नै इम्बलमिंग गर्ने तरिका रसियाबाट बाहिरी मुलुकमा भित्रिएको थियो ।

Image result for lenin
Vladimir Lenin

त्यो बेला ल्याबमा करिब २०० जनाको ग्रुपले काम गर्दै आएका थिए । तर हाल त्यो संख्या कम र काम बढी छ । प्रत्येक साता एक उच्च वैज्ञानिक टोली ल्याबमा गएर शव चेकजाँच गर्ने गर्छन् ।

अन्य देशमा पनि

Ho Chi Minh Mausoleum from the front.JPG

उता भियतनाममा पनि कम्युनिष्ट नेताहरुकाे शव सुरक्षित राखिएकाे छ । भियतनामका पूर्व राष्ट्रपति ‘हो ची मिन्ह’काे शव साेही विधिद्वारा सुरक्षित राखिएकाे छ । २ सेप्टेम्बर १९७३ मा लेनिनको माउसोलियमबाट उत्प्रेरित भएर हो ची मिन्हुको माउसोलियमको निमार्ण सुरु गरिएको थियो । साेही 
माउसोलियममा उनकाे शव राखिएकाे छ ।

यसैरी बुल्गेरिया र दक्षिण काेरियामा समेत आफ्ना पूर्वज नेताहरुकाे शव सुरक्षित राखिएकाे पाइन्छ । बुल्गेरियाका नेता ‘जर्जि दिमिटोभ’ र दक्षिण कोरियाका नेता अर्थात किम जोंग मुनका हजुरबुबा र बुबाको शवलाई पनि लेनिन ल्याबकै विशेषज्ञहरु गएर इम्बलमिंग गर्ने गर्छन् ।