images
images

थम साकुरा स्नुकर ओपन च्याम्पियनसिप फागुन २९ गतेबाट सुरु

काठमाडौं । प्रथम साकुरा स्नुकर ओपन च्याम्पियनसिप फागुन २९ गतेबाट सुरु हुँँदैछ  । आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २९ गतेबाट चैत ७ गतेसम्म संचालन हुने जानकारी दिएको छ । विभिन्न जिल्लाबाट गरी प्रतियोगितामा १ सय २८ बढि खेलाडी सहभागि हुने बताइएको छ । ८ राष्ट्रिय खेलाडी बाहेकले यस प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ । 

विजेताले १ लाख १० हजार रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछ । यस प्रतियोगिताबाट शीर्ष ८ स्थानमा रहने खेलाडी र ८ राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा गराइने त्यसको शीर्ष दुइ स्थानमा रहने खेलाडीले प्रथम साफ स्नुकर च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।