images
images

एमएस ग्रुपका अध्यक्ष अग्रवालको निधन

काठमाडौं । उद्योगी शशिकान्त अग्रवालका बुबा तथा एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । भारतको चेन्नाईमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनको ७६ वर्षको उमेर निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा नेपालस्थित नर्भिक अस्पतालमा उपचार गराइएको थियो । तर, नेपालमा उपचार सम्भव नभएपछि उनलाई चेन्नाई लगिएको थियो । चेन्नाईमा पनि उनको उपचार सफल भएन । लामो समय मुटुलगायत विभिन्न रोगबाट ग्रसित अग्रवालको उपचारका क्रममा निधन भएको हो ।

अग्रवालले एमएस ग्रुप बनाएर धागो उद्योग, चिनी उद्योग, स्टील उद्योग र काठमाडौंमा तारे होटल समेत खोलेका थिए । उत्पादनमुलक उद्योग र सेवा मुलक उद्योगमा पायोनियर ग्रुप एमएसलाई यहाँसम्म ल्याउन अग्रवालले ठूलो योगदान गरेका छन् ।

अन्तराष्ट्रिय स्तरको ट्रेडिङ हाउस स्थापना, टेड्रिङ व्यवसाय सुरु गर्ने उद्देश्यले उनले एमएस ग्रुप बनाएका थिए । १९८१ मा टेक्सटाइल मिलको स्थपना गरेपछि ग्रुप थप मजबुत बन्यो । त्यस्तै १९८७ मा एउटा आर्किलिक स्पीनिङ मिल ग्रुपको प्रोफाइलमा जोडियो । त्यसछि विस्तार र विविधिकरणको युग सुरु भयो जुन आजसम्म पनि निरन्तर छ ।

निर्माण व्यवसाय र सेवा पनि समावेश भएको छ । स्टिल देखि कन्फेक्सनरी अथवा मिठाईका उत्पादन एमएस ग्रुपसँग सबै छ । देशको प्रमुख वित्तीय संस्था तथा बैङ्क र विमा कम्पनीमा एमएस पनि आवद्ध छ ।