काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी करण केसीले मुमेन्ट अफ दि इयरको अवार्ड जितेका छन्।
उनलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले समारोहमा उक्त अवार्ड प्रदान गरेका थिए। त्यस्तै महिलातर्फ सीता रानामगरले एनसिसीएस अवार्ड जितेकी छन् भने कोमलबहादुर पाण्डेलाई लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।
रोहितले उदियमान खेलाडीको प्रतिस्पर्धामा अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी र सन्दीप जोरालाई पछि पारेका हुन्। उनले अवार्ड सहित ६६ हजार नगद पुरस्कार पाएका छन्।