images
images

क्रिकेटर रोहित पौडेल ले जिते उदीयमान खेलाडीको अवार्ड

काठमाडौँ-  नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी रोहित पौडेलले एनसिसीएस–सिप्यान इमर्जिङ प्लेयर अफ दि इयर अवार्ड जितेका छन्।

त्यस्तै महिलातर्फ सीता रानामगरले एनसिसीएस अवार्ड जितेकी छन्।

रोहितले उदियमान खेलाडीको प्रतिस्पर्धामा अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी र सन्दीप जोरालाई पछि पारेका हुन्। उनले अवार्ड सहित ६६ हजार नगद पुरस्कार पाएका छन्।